Premier Cables

कोशी प्रदेश

पहिरोले सोलुखुम्बुको हुङ्गा खोला थुनियो, ड्याम फुट्ने जोखिम

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र २६, २०८३  | अपराह्न २:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–गुदेलमा पहिरो खस्दा हुङ्गा (हुङ्कु) खोला थुनिएको छ। पहिरोका कारण खोलामा करिब १५ मिटर अग्लो र एक सय मिटर लामो बाँध बनेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक नवीनराज बुढाथोकीका अनुसार पहिरोले खोला थुनिएर बनेको बाँध जुनसुकै बेला फुट्न सक्ने जोखिम छ। बाँध फुटेमा त्यसको असर दूधकोशी नदीमा पर्न सक्ने प्रहरीले जनाएको छ।

विज्ञापन

सोलुखुम्बुतर्फ तटीय क्षेत्रमा बाक्लो बस्ती नरहे पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै ओखलढुङ्गा र उदयपुरका सम्बन्धित निकायसँग समन्वय भइरहेको बुढाथोकीले बताए।

उनका अनुसार पहिरो हाल रोकिएको भए पनि पुनः खस्ने सम्भावना कायमै छ। जोखिमका कारण दुई वटा जलविद्युत् आयोजनाको कामसमेत रोकिएको उनले जानकारी दिए।

प्रशासनका अनुसार बाँध भरिएपछि पानी बग्न थालेको छ। यद्यपि बाँध फुट्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै तटीय क्षेत्रका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka