Premier Cables

राष्ट्रिय

राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २३, २०८३  | अपराह्न १२:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित देश तथा जनताको हित र कल्याणको कामना गदै मंगलबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका हुन् ।

राष्ट्रपतिको सचिवालयले जनाएअनुसार पौडेलले पूजाअर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए ।

विज्ञापन

रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि राष्ट्रपति पौडेल पूजा आराधनाका लागि पशुपति पुगेका हुन् । यसअघि उनले बाढीपीडितसँग भेटघाट, नुवाकोट र रसुवाको अवलोकनपछि सोमबार राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka