Premier Cables

विराटनगर

गाँजा बरामद भएको भ्यान आफ्नो नभएको दिव्य ज्योति अस्पतालको स्पष्टीकरण

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र १७, २०८३  | अपराह्न १:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर–१६ दरैयास्थित कोलर चोकबाट ६० किलो गाँजा बरामद भएको घटनामा प्रयोग भएको भनिएको सुजुकी भ्यानसँग आफ्नो कुनै सम्बन्ध नरहेको दिव्य ज्योति अस्पताल प्रालिले जनाएको छ।

बुधबार पत्रकार सम्मेलन गर्दै अस्पतालले को १ च ६६२० नम्बरको भ्यानलाई आफ्नो संस्थासँग जोडेर विभिन्न सञ्चारमाध्यम तथा अनलाइनमा समाचार प्रकाशित भएपछि त्यसप्रति ध्यानाकर्षण भएको जनाएको हो।

विज्ञापन

अस्पतालका अध्यक्ष देवा यादवले उक्त नम्बरको सुजुकी भ्यान अस्पतालको स्वामित्वमा नरहेको स्पष्ट पारे। उनका अनुसार भ्यानमा अस्पतालको नाम उल्लेख गरिएको भए पनि त्यसकै आधारमा अस्पतालसँग सम्बन्धित रहेको भन्ने समाचार सार्वजनिक हुँदा संस्थाको प्रतिष्ठामा असर परेको छ।

अस्पतालले घटनामा बरामद भएको भनिएको भ्यान र अस्पतालबीच कुनै सम्बन्ध नरहेको भन्दै समाचार सम्प्रेषण गर्दा तथ्य पुष्टि गरेर मात्र सार्वजनिक गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

अध्यक्ष यादवले गलत सूचनाका कारण अस्पतालप्रति सेवाग्राही तथा सर्वसाधारणमा भ्रम उत्पन्न हुन सक्ने भन्दै वास्तविकता स्पष्ट पार्न पत्रकार सम्मेलन गरिएको बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka