Premier Cables

समाचार

मृतक र बेपत्ताका परिवारलाई गण्डकी सरकारले जनही एक लाख दिने

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र १६, २०८३  | अपराह्न २:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

पोखरा । भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु र बेपत्ता भएका गण्डकी प्रदेशका नागरिकका परिवारलाई गण्डकी प्रदेश सरकारले रु एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् कोषमार्फत राहत रकम उपलब्ध गराउने निर्णय गरिएको गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले जानकारी दिनुभयो ।

विज्ञापन

यसअघि प्रधानमन्त्री राहत कोषमा रु चार करोड प्रदान गर्ने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले गरेको घोषणालाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको उहाँले बताउनुभयो ।

बाढीमा परी पोखरा आएका घाइते तथा बिरामी नागरिकलाई घरसम्म पु¥याउने व्यवस्था पनि प्रदेश सरकारले गर्ने प्रवक्ता शेरचनले बताउनुभयो । बाढीमा परी विभिन्न अस्पतालमा उपचार गराइरहेका गण्डकी प्रदेशका घाइतेलाई रु ५० हजारका दरले सहयोग उपलब्ध गराइने प्रवक्ता शेरचनले जानकारी दिनुभयो ।

यसैगरी किरिया खर्चबापत प्रतिमृतक रु २५ हजार उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka