Premier Cables

विराटनगर

इस्कोन विराटनगरको निर्णयः जन्माष्टमीमा संकलन भएको भेटी बढी पीडितको सहयोगमा

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र १५, २०८३  | बिहान ११:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)ले यस वर्षको श्रीकृष्ण जन्माष्टमी भव्य रूपमा मनाउने भएको छ। इस्कोन विराटनगरको आयोजनामा आगामी भदौ १९ गते शुक्रबार विराटनगरस्थित जैन भवनमा विभिन्न धार्मिक तथा आध्यात्मिक कार्यक्रमसहित कृष्ण जन्माष्टमी मनाउन लागिएको हो।

इस्कोन विराटनगरले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै कार्यक्रममा इस्कोनका विशिष्ट गुरुजन, साधुसन्त तथा नेपाल, भारतलगायत विभिन्न देशबाट आउने विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने जानकारी दिएको छ।

विज्ञापन

कार्यक्रममा श्रीश्री राधाकृष्ण, श्रीश्री गौर–निताई तथा श्रीश्री कृष्ण–बलरामको विशेष दर्शन, मङ्गल आरती, अभिषेक, श्रीनृसिंह यज्ञ, पूजा, भजन–कीर्तन, प्रवचन तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।

नेपाली मौलिक संस्कृति, सनातन वैदिक परम्परा तथा आध्यात्मिक चेतनाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको इस्कोन विराटनगरले जनाएको छ।

कार्यक्रम सञ्चालनका लागि करिब २२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। कार्यक्रममा संकलित रकम रसुवामा बाढी तथा विपद्बाट प्रभावित परिवारको सहयोगमा खर्च गरिने आयोजक समितिले जनाएको छ।

इस्कोनको आधिकारिक शाखाका रूपमा विराटनगरमा धार्मिक तथा आध्यात्मिक गतिविधि सञ्चालन हुँदै आएको आयोजकले जनाएको छ। इस्कोन सन् १९६६ मा अमेरिकाबाट स्थापना भई हाल विश्वका १५० भन्दा बढी देशमा फैलिएको र ८५० भन्दा बढी मन्दिर तथा केन्द्र सञ्चालनमा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।

कार्यक्रममा नेपाल सरकार तथा प्रदेश सरकारका राजनीतिक एवं प्रशासनिक व्यक्तित्व, राजनीतिज्ञ, उद्योगी, समाजसेवी, धार्मिक अभियन्ता, सामाजिक अगुवा, सुरक्षा निकायका प्रमुख, पत्रकार, विद्यार्थी तथा सर्वसाधारणसहित करिब १५ हजार भक्तजन तथा श्रद्धालुको सहभागिता हुने अपेक्षा गरिएको छ।

गत वर्ष ९ हजारभन्दा बढी भक्तजनलाई महाप्रसाद वितरण गरिएकोमा यस वर्ष १५ हजारभन्दा बढी भक्तजनलाई महाप्रसाद वितरण गर्ने तयारी गरिएको इस्कोन विराटनगरले जनाएको छ।

इस्कोन विराटनगरका अध्यक्ष भानुभक्त जोशीका अनुसार भदौ १९ गते बिहान ४ बजे मङ्गल आरती तथा मन्त्र जापबाट कार्यक्रम सुरु हुनेछ। दिनभर विभिन्न धार्मिक तथा आध्यात्मिक कार्यक्रम सञ्चालन गरिने र राति ११ः३० बजे १०८ भोग अर्पणसहित कार्यक्रम समापन हुनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka