Premier Cables
Premier Steel

समाचार

रवीन्द्र मिश्रमाथि अनुसन्धान गर्न फेरि ६ दिनको म्याद थप

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख १५, २०८२  | बिहान ८:४६ बजे
Hamro Biratnagar Headlines

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि अनुसन्धान गर्न फेरि थप ६ दिनको म्याद थप भएको छ ।

काठमाडौं जिल्ला अदालतले उनीमाथिकाे अनुसन्धानका लागि आइतबार पाचौंपटक म्याद थपेकाे हाे । उनले बहसका क्रममा आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा विनाकारण एक महिनादेखि हिरासतमा राखिएको बताएका थिए ।

मिश्रले केही समय लिएर बोल्दै न्यायका लागि न्यायाधीशसमक्ष याचना गरेका थिए । राज्यले गरेको गल्तीलाई न्यायालयले मात्रै सच्याउन सक्ने भन्दै आफूलाई आजै रिहा गर्न उनले माग गरे ।

गत चैत १५ गते भएकाे राजावादीहरुकाे हिंसात्मक आन्दाेलनकाे जिम्मेवार भन्दै मिश्रसहितका नेताहरु पक्राउ परेका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka