Premier Cables

कोशी प्रदेश प्रदेश राजनीति विराटनगर

कोशी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूले लिए शपथ

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र ०१, २०८३  | साँझ ६:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

कोशी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमाले र नेकपाबीचको भागबन्डाअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।

आज नेकपाबाट चार जना मन्त्री र एक जना राज्यमन्त्री गरी पाँच जनाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

विज्ञापन

प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएको हो भने राज्यमन्त्रीलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ गराएका छन् ।

नेकपाबाट गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गीता तिम्सिनालाई सामाजिक विकासमन्त्री, खिनु लङ्वा लिम्बूलाई पर्यटन, वन तथा वातावरणमन्त्री र जीवन आचार्यलाई भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी दिइएको छ। त्यस्तै सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त गरिएको छ।

यससँगै कोशी प्रदेश सरकारमा नेकपाको औपचारिक सहभागिता भएको छ। सत्ता साझेदारीको सहमतिअनुसार नेकपाले चार मन्त्रालय पाएको हो।

यसैबीच, एमालेबाट सरकारमा रहेका केही मन्त्रीको जिम्मेवारीसमेत हेरफेर गरिएको छ। इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालय र रामप्रसाद महतोलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। उमाकान्त गौतमलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ भने विदुरकुमार लिङ्थेप र तिलचन पाठकको मन्त्रालयको जिम्मेवारी यथावत राखिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka