Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी मन्त्रीपरिषद्का चार निर्णय, भौतिक पूर्वाधार राज्यमन्त्री हङकङ जाने

Hamro Biratnagar News Channel Calendar सोमबार, चैत्र ०२, २०८२  | अपराह्न १:३८ बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोशी प्रदेश सरकारले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०७९’ संशोधन गर्ने तयारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद्को कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित उक्त ऐन संशोधनसम्बन्धी विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री तथा सरकारका प्रवक्ता इन्द्रमणि पराजुलीका अनुसार सो विधेयक प्रदेश सभामा लैजान स्वीकृति प्रदान गरिएको छ । बैठकले कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जन गरिएको ‘कोशी प्रदेश निजी तथा साझेदारी फर्म दर्ता (दोस्रो संशोधन) नियमावली, २०८२’ लाई पनि स्वीकृति दिएको छ ।

यसैगरी आर्थिक, सामाजिक तथा पूर्वाधार समितिबाट परिमार्जित ‘आयोजना छनोट तथा वर्गीकरण तथा आयोजना बैंक व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८२’ लाई पनि बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ । उक्त कार्यविधि लागू भएपछि प्रदेशका योजनाहरूको छनोट र व्यवस्थापन थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको प्रवक्ता पराजुलीले बताए ।

मन्त्रिपरिषद् बैठकले हङकङमा रहेका गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् र नेपाली महिला संघको संयुक्त आयोजनामा आगामी २९ मार्च २०२६ मा हुने ११६ औं अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रममा सहभागी हुन भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङको भ्रमणलाई पनि स्वीकृति दिएको छ । सो भ्रमणका सम्पूर्ण दैनिक तथा यात्रा खर्च आयोजक पक्षले नै व्यहोर्ने व्यवस्था गरिएको प्रवक्ता पराजुलीले जानकारी दिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
dps ad
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka