Premier Cables
Premier Steel

कोशी प्रदेश

झापामा जापानिज इन्सेफ्लाइटिसको प्रकोप: ५ जनाको मृत्यु, १० जनामा संक्रमण पुष्टि

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन ३१, २०८३  | बिहान ९:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । वर्षायाम सुरु भएसँगै झापामा लामखुट्टेको टोकाइबाट सर्ने घातक रोग ‘जापानिज इन्सेफ्लाइटिस’ (जेई) को प्रकोप बढेको छ। पछिल्लो पटक मेचीनगरका एक पुरुषमा संक्रमण पुष्टि भएसँगै जिल्लामा कुल संक्रमितको संख्या १० पुगेको छ।

स्वास्थ्य कार्यालय झापाका अनुसार हालसम्म संक्रमितमध्ये ५ जनाको मृत्यु भइसकेको छ। ज्यान गुमाउनेमा तीन पुरुष र दुई महिला रहेका छन्। बाँकी संक्रमितमध्ये २ जनाको अस्पतालमा उपचार भइरहेको छ भने ३ जना निको भएर घर फर्किसकेका छन्।

बिज्ञापन

संक्रमित हुनेहरूमा ७ महिनाका एक शिशुसमेत रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए।

जिल्लाका विभिन्न स्थानीय तहमा यो संक्रमण फैलिएको छ। जसअनुसार मेचीनगरमा ४, बिर्तामोडमा २ तथा हल्दिबारी, बाह्रदशी, कचनकवल र अर्जुनधारामा १/१ जना बिरामी फेला परेका छन्।

वर्षातको समयमा लामखुट्टेको वृद्धि तीव्र हुने भएकाले संक्रमणको जोखिम उच्च रहने जनस्वास्थ्य निरीक्षक श्रेष्ठले बताए। स्वास्थ्य कार्यालयले घरवरपर पानी जम्न नदिन, झुल टाँगेर मात्र सुत्न र शरीर ढाक्ने लुगा लगाएर लामखुट्टेको टोकाइबाट बच्न सर्वसाधारणमा अपिल गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa