Premier Cables
Premier Steel

अर्थ विराटनगर

जेठ २५ गते नेपाल-भारत युवा उद्यमी सम्मेलन

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १६, २०८२  | साँझ ७:०७ बजे
Hamro Biratnagar Headlines

विराटनगर । नेपाली युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरको आयोजनामा आगामी जेठ २५ गते एकदिने नेपाल-भारत युवा उद्यमी सम्मेलन आयोजना हुने भएको छ। सम्मेलन झापा होटल मेची क्राउन बिहान ११ बजे सुरु हुनेछ।

उक्त सम्मेलनमा नेपाल र भारतका युवा उद्यमीहरुको उल्लेखनीय सहभागिता रहनेछ। कार्यक्रमको मुख्य उद्देश्य दुबै देशका युवा उद्यमीहरुबीच अनुभव र सीप आदानप्रदान, व्यवसायिक नेटवर्किङ, र दीर्घकालीन सहयोगको सम्भावनालाई मूर्तरूप दिनु रहेको बताइएको छ ।

बिज्ञापन

सम्मेलनमा नेटवर्किङ कार्यक्रम, विभिन्न कार्यशाला (वर्कसप) तथा सीमापार उद्यमशीलता, नीति निर्माणमा युवाको आवाज, स्टार्टअप र नवप्रवर्तन विषयमा गहन छलफलहरु हुनेछन्।

नेपाल युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरका अध्यक्ष शुभम भट्टराईका अनुसार, “यो सम्मेलनले सीमा क्षेत्रमा रहेका साझा स्रोतको सदुपयोग, कृषि, पर्यटन, सूचना प्रविधि, शिक्षा तथा सेवा क्षेत्रमा आधारित स्टार्टअप प्रवर्द्धन गर्न तथा प्रदेशस्तरीय आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।”

उक्त कार्यक्रममा नेपाल र भारतका युवा उद्यमी, लगानीकर्ता, नीति निर्मात, सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरुलाई एउटै मञ्चमा ल्याउने र भविष्यका लागि सहकार्यका ढोका खोल्ने सेतुको भूमिका खेल्ने अपेक्षा गरिएको छ।

अन्त्यमा, यो सम्मेलनले नेपाल(भारतबीचको युवा उद्यमशीलता सम्बन्धलाई अझ सशक्त बनाउँदै, दिगो विकासका दिशामा एक नयाँ कदम अघि बढाउने विश्वास गरिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka