Premier Cables

कोशी प्रदेश

कोशीका दुई मन्त्री हतार-हतार मन्त्रालयमा: पद गुम्ने डर कि कामको चटारो?

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २१, २०८३  | साँझ ७:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

​विराटनगर । कोशी प्रदेश सरकारका दुई मन्त्री बिहीबार अरू दिनको तुलनामा अलि फरक शैली र हतारोमा मन्त्रालय पुगेका छन्।

मुख्यमन्त्री हिक्मत कार्कीलाई पदबाट हटाउने हस्ताक्षर अभियानको नेतृत्व गरिरहेका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली र खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठक बिहीबार बिहानै मन्त्रालय पुगेका हुन्।

विज्ञापन

​आफ्नै मुख्यमन्त्रीविरुद्ध निरन्तर लबिइङमा रहेका मन्त्री पराजुली बिहानै एकपटक मन्त्रालय पुगेर बाहिर निस्किएका थिए भने पछि पुनः फर्किएका थिए। यता मन्त्री पाठक पनि बिहान १० बजे नै मन्त्रालय हाजिर भइसकेका थिए।

​दुवै मन्त्रीको यो अप्रत्यासित र हतारको उपस्थितिलाई लिएर मन्त्रालयका कर्मचारीहरू भने अचम्मित बनेका छन्। “मानौँ मन्त्रीको कुर्सीमा अरू नै कोही आइहाल्छ कि जस्तै गरी उहाँहरू आउनुभयो,” मन्त्रालयका एक कर्मचारीले भने, “मन्त्रालय छिर्नेबित्तिकै कर्मचारीहरूलाई ‘के-के काम बाँकी छ, छिटो-छिटो गरौँ’ भन्दै अलि फरक र हतारको शैलीमा प्रस्तुत हुनुभयो।”

​मुख्यमन्त्री कार्कीलाई हटाउने खेलमा सक्रिय भूमिका खेलिरहेका मन्त्रीद्वयको यो अस्वाभाविक सक्रियता र हतारोलाई लिएर मन्त्रालय परिसरमा विभिन्न अड्कलबाजी सुरु भएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka