Premier Cables

राष्ट्रिय

बाढीपहिरोका कारण बीपी राजमार्ग र कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन ०३, २०८३  | बिहान ८:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । अविरल वर्षा र त्यसपछिको बाढीपहिरोका कारण देशका दुई प्रमुख मार्ग— बीपी राजमार्ग र कान्तिलोकपथ ठप्प भएका छन्।

यसका कारण काठमाडौँ उपत्यका लगानी र बाहिरिने सवारी साधन तथा यात्रुहरू अलपत्र परेका छन्।

विज्ञापन

ललितपुरको बागमती गाउँपालिका–३ स्थित पाङदुरमा भीषण पहिरो खसेपछि कान्तिलोकपथमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। प्रहरीका अनुसार चापागाउँ हुँदै हेटौंडातर्फ चल्ने यातायातका साधनहरू बाटोमै थुनिएका छन्।

काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ७, ८ र ९ का विभिन्न ठाउँमा पहिरो खसेको छ। साथै, रोशी खोलामा पानीको सतह खतराको तहभन्दा माथि पुगेपछि बीपी राजमार्गमा पनि गाडी चल्न सकेका छैनन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले काभ्रे हुँदै सिन्धुलीतर्फ जाने सवारी साधनहरूलाई सुरक्षित स्थानमा रोकेर (होल्ड गरेर) राखेको छ।

अहिले दुवै राजमार्गमा पहिरो पन्छाउने र अवस्था सहज बनाउने प्रयास भइरहे पनि निरन्तरको वर्षा बाधक बनिरहेको छ। यात्रुहरूलाई यात्रामा निस्कनुअघि सडकको अवस्था बुझ्न प्रहरीले आग्रह गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka