Premier Cables

विराटनगर

एम्सका वरिष्ठ फिजिसियन मल्टिस्पेसलिटी अस्पतालमा आबद्ध, पत्रकार र विपन्नलाई निःशुल्क उपचार

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ०१, २०८३  | साँझ ७:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरस्थित पारस मल्टिस्पेसलिटी अस्पतालले आफ्नो विशेषज्ञ चिकित्सक टोलीलाई थप सुदृढ बनाउने क्रममा भारतको नयाँ दिल्लीस्थित एम्स (एम्स) अस्पतालमा कार्यरत वरिष्ठ फिजिसियन डा. विमलेश यादवलाई अस्पतालसँग आबद्ध गराएको छ ।

अस्पतालले शुक्रबार आयोजित कार्यक्रममा डा. यादवको औपचारिक स्वागत गर्दै अब आन्तरिक चिकित्सा सेवासहित विशेषज्ञ उपचारलाई अझ प्रभावकारी बनाइने जनाएको हो।

विज्ञापन

अस्पतालका अध्यक्ष डा. सफिउर रहमानले पछिल्ला वर्षहरूमा अस्पतालमा बिरामीको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको र त्यसअनुसार गुणस्तरीय सेवा विस्तार गर्न अनुभवी चिकित्सकलाई टोलीमा समेटिएको बताए। उनले यसबाट उपचार सेवाको गुणस्तर अझ उकासिने विश्वास व्यक्त गरे।

कार्यक्रमकै अवसरमा डा. मुनेश्वर यादवलाई अस्पतालको मेडिकल डाइरेक्टर (एमडी) को जिम्मेवारी प्रदान गरिएको घोषणा पनि गरिएको छ।

यसैबीच, अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत पत्रकार, आर्थिक रूपमा विपन्न तथा असहाय बिरामीहरूलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय सार्वजनिक गरेको छ। अध्यक्ष रहमानले समाजमा सूचना प्रवाहमा पत्रकारको महत्वपूर्ण भूमिका रहने भएकाले उनीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो व्यवस्था गरिएको बताए।

साथै, आवश्यक मापदण्ड पूरा गर्ने विपन्न र असहाय बिरामीलाई पनि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइने जानकारी दिए।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेमनारायण मेहताले स्वागत मन्तव्य राख्दै आगामी दिनमा विशेषज्ञ चिकित्सक, अत्याधुनिक प्रविधि र सेवाको दायरा थप विस्तार गरिने बताए।

तीन वर्षभन्दा बढी समयदेखि विराटनगरमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको पारस मल्टिस्पेसलिटी अस्पतालले अनुभवी चिकित्सक, आधुनिक उपकरण तथा बिरामीमैत्री सेवामार्फत गुणस्तरीय उपचार उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याएको छ। अस्पतालले आन्तरिक चिकित्सा, विशेषज्ञ परामर्श तथा आकस्मिक सेवालाई अझ प्रभावकारी र सहज बनाउने योजनासमेत अघि सारेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka