Premier Cables

समाचार

साउन महिना शुरु: के छ धार्मिक र सांस्कृतिक महत्व?

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ०१, २०८३  | बिहान ८:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । झरीको वर्षासँगै प्रकृतिले हरियो पछ्यौरी ओढ्ने महिना हो साउन। वैदिक सनातन हिन्दु धर्ममा यो महिनालाई भगवान् शिवको अति प्रिय महिना मानिन्छ।

साउन महिनाभरि शिव मन्दिरहरूमा भक्तजनको ठूलो घुइँचो लाग्ने गर्दछ, विशेषगरी सोमबारका दिन। पौराणिक मान्यता अनुसार, साउन महिनामा समुन्द्र मन्थन गर्दा निस्किएको कालकुट विषको डाह शान्त पार्न भगवान् शिवले नीलकण्ठ रूप धारण गरी गंगाजल र चन्द्रमाको शीतलता लिनुभएको थियो। त्यसैले यो महिनामा शिवजीलाई जल चढाउँदा विशेष फल मिल्ने धार्मिक विश्वास छ।

विज्ञापन

साउन केवल धर्मसँग मात्र होइन, नारी सौन्दर्य र उमङ्गसँग पनि जोडिएको छ।

यो महिनामा महिलाहरूले हरियो, पहेलो र रातो पहिरन, मेहेन्दी तथा हरियो चुरा लगाएर प्रकृतिसँग तादात्म्यता गाँस्ने गर्दछन्। अविवाहित महिलाहरू राम्रो वर पाउन र विवाहित महिलाहरू आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै साउने सोमबारको व्रत बस्ने परम्परा छ।

बोलबमको नारा लगाउँदै शुद्ध जल लिन जाने भक्तजनहरूको उल्लासले यो महिनालाई झनै पवित्र र जीवन्त बनाउँछ। हरियाली, भक्तालुको आस्था र परम्पराको यो सुन्दर कडी नै साउनको वास्तविक पहिचान हो।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka