Premier Cables
Premier Steel

समाचार

अर्का युवाले रौतहटमा गरे आत्मदाह प्रयास, उपचारका लागि काठमाडौं लगियो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ३१, २०८३  | अपराह्न १२:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

रौतहट । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। मङ्गलवार राति करिब १ बजे गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शंकर प्रसाद आचार्यका अनुसार गौतम केही दिनयता मानसिक तनाव तथा डिप्रेसनबाट पीडित थिए। उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएर आत्मदाहको प्रयास गरेका हुन्।

बिज्ञापन

घटनालगत्तै परिवारका सदस्यले उनलाई उपचारका लागि बेटर नेपाल अस्पताल, गरुडामा पुर्‍याएका थिए। अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी वसन्त गौतमका अनुसार सहनीको घाँटीदेखि तलसम्म शरीरको करिब ३१.५ प्रतिशत भाग जलेको छ।

घटनाको जानकारी अस्पतालबाट बिहान करिब ४ बजे प्राप्त भएपछि प्रहरी चौकी बिर्ताबाट असई मनोज दासको नेतृत्वमा टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको थियो। बिहान ४:१५ बजे उनलाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

सहनी गरुडा बजारस्थित झाझ पुलनजिक एउटा सानो छाप्रे होटल सञ्चालन गर्दै आएका थिए। सोही व्यवसायबाट उनले आफ्नो परिवार तथा तीन छोराको पालनपोषण गर्दै आएका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa