Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रदेशका कर्मचारीलाई हप्ताको दुई दिन ढाका, खाँडी र अल्लोको पोशाक अनिवार्य

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ३१, २०८३  | बिहान ११:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश सरकारले स्वदेशी उद्योगको प्रवर्द्धन र प्रदेशको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यका साथ नयाँ र सकारात्मक कदम चालेको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ देखि प्रदेशकै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर्मचारीहरूका लागि विशेष पोशाक भत्ता र नयाँ नियम कार्यान्वयनमा ल्याएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी प्रदेशका अनुसार अब कर्मचारीहरूले प्रत्येक बुधबार र शुक्रबार अनिवार्य रूपमा प्रदेशमै उत्पादित ढाका, खाँडी (खादी), अल्लो तथा अन्य स्थानीय कपडाबाट निर्मित अफिस पोशाक लगाउनुपर्नेछ। सरकारको यो निर्णयसँगै सामाजिक विकास मन्त्रालयका कर्मचारीहरूले आजैदेखि स्थानीय उत्पादनबाट बनेका पोशाक लगाउन सुरु गरिसकेका छन्।

बिज्ञापन

थप भत्ता र बजेटको व्यवस्था

अभियानको मुख्य उद्देश्य र प्रभाव

  • उद्यमीलाई प्रोत्साहन: यस अभियानले कोशी प्रदेशमा उत्पादित ढाका, खादी र अल्लोजस्ता रैथाने वस्तुहरूको उत्पादन, बजारीकरण तथा प्रयोगलाई व्यापक बनाउनेछ, जसबाट स्थानीय उद्योग र उद्यमीहरूलाई प्रत्यक्ष लाभ पुग्नेछ।

  • अर्थतन्त्र चलायमान हुने: हाल कोशी प्रदेश सरकारअन्तर्गत करिब ३ हजार ९६ जना कर्मचारीहरू कार्यरत छन् (स्वीकृत दरबन्दी ४ हजारभन्दा बढी)। यति ठूलो संख्यामा कर्मचारीहरूले स्थानीय उत्पादन प्रयोग गर्दा स्वदेशी उद्योगको प्रवर्द्धन भई प्रदेशको अर्थतन्त्र थप चलायमान हुने लक्ष्य राखिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa