Premier Cables
Premier Steel

विराटनगर

जिल्ला प्रहरी मोरङ अघि धर्ना दिने २६ जना पक्राऊ

Hamro Biratnagar News Channel Calendar आइतबार, असार २८, २०८३  | बिहान १०:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको मूलगेट अगाडि रातिको समयमा होहल्ला गर्दै प्रहरीको कामकारबाही तथा सवारीसाधन आवतजावतमा अवरोध पुर्‍याएको आरोपमा प्रहरीले २६ जनालाई नियन्त्रणमा लिएको छ।

शुक्रबार राति करिब ९:३० बजेदेखि कार्यालय अगाडि जम्मा भएका समूहले नाराबाजी र होहल्ला गरेपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवाल स्वयं फिल्डमा खटिएका थिए। एसपी कटवालको प्रत्यक्ष नेतृत्वमा प्रहरी टोलीले भीडलाई नियन्त्रणमा लिँदै सार्वजनिक शान्ति–सुरक्षा कायम गरेको प्रहरीले जनाएको छ।

बिज्ञापन

प्रहरीका अनुसार घटनामा संलग्न २६ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ। नियन्त्रणमा परेकाहरूमा अधिकांश विराटनगर महानगरपालिका तथा केही सप्तरी र सुनसरीका बासिन्दा रहेका छन्।

यस घटनापछि जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक शान्ति भंग गर्ने तथा प्रहरीको कामकारबाहीमा अवरोध पुर्‍याउने गतिविधिविरुद्ध कानुनअनुसार कडा कारबाही गरिने जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa