Premier Cables
Premier Steel

खेलकुद

पाँचपटकको विश्वविजेता ब्राजिललाई हराउँदै नर्वे क्वाटरफाइनलमा

Hamro Biratnagar News Channel Calendar सोमबार, असार २२, २०८३  | बिहान ७:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नर्वेले पाँचपटकको विश्वविजेता ब्राजिललाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।

यससँगै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ भने नर्वेले ब्राजिलविरुद्धको आफ्नो अपराजित इतिहासलाई पनि कायम राखेको छ।

बिज्ञापन

नर्वेको जितका नायक एर्लिङ हालाण्ड बने। उनले खेलको ७९औँ मिनेटमा एन्ड्रियास जेल्डेरुपको उत्कृष्ट क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ९०औँ मिनेटमा पुनः जेल्डेरुपकै पासमा हालाण्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गरे। यससँगै विश्वकपमा हालाण्डको कुल गोलसंख्या सात पुगेको छ।

ब्राजिलले खेलभर दुई पेनाल्टीको अवसर पाएको थियो। पहिलो पेनाल्टी ब्रुनो ग्युमोरेसले सदुपयोग गर्न सकेनन्। अतिरिक्त समयमा नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन।

२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले ऐतिहासिक जितसँगै अन्तिम आठमा स्थान बनाएको हो। अब नर्वेले सेमिफाइनल प्रवेशका लागि मेक्सिको र इंग्ल्याण्डबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa