Premier Cables
Premier Steel

खेलकुद

मेक्सिकोलाई ३-२ ले हराउँदै इंग्ल्याण्ड क्वाटरफाइनलमा

Hamro Biratnagar News Channel Calendar सोमबार, असार २२, २०८३  | बिहान ८:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । इंग्ल्याण्डले मेक्सिकोलाई ३-२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।

मेक्सिको सिटी स्टेडियममा सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा इंग्ल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोलीलाई पहिलो हार चखायो। यसअघि सो स्टेडियममा मेक्सिकोले आठ खेल जितेको र दुई खेल बराबरी खेलेको थियो।

बिज्ञापन

इंग्ल्याण्डको जितमा जुड बेलिङ्घमले दुई तथा ह्यारी केनले एक गोल गरे। बेलिङ्घमले खेलको ३६औँ मिनेटमा बुकायो साकाको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको ९९ सेकेन्डपछि उनले ह्यारी केनको पासलाई सदुपयोग गर्दै व्यक्तिगत दोस्रो गोल गरे।

दोस्रो हाफको ५४औँ मिनेटमा मेक्सिकोका जुलियन क्विनोनेसले एक गोल फर्काउँदै खेलमा फर्कने संकेत दिएका थिए। सोही मिनेटमा इंग्ल्याण्डका डिफेन्डर जारेल क्वान्साह रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो।

१० खेलाडीमा झरे पनि इंग्ल्याण्डले ५९औँ मिनेटमा पेनाल्टीमार्फत अर्को गोल थप्यो। मेक्सिकोका गोलकिपर राउल रेन्जेलले एन्थोनी गोर्डनमाथि फाउल गरेपछि प्राप्त पेनाल्टीलाई ह्यारी केनले सहजै गोलमा परिणत गरे। यससँगै केनको विश्वकपमा गोल संख्या ६ पुगेको छ।

खेलको ६७औँ मिनेटमा ह्यारी केनको फाउलपछि मेक्सिकोले पनि पेनाल्टीको अवसर पायो। राउल जिमेनेजले त्यसलाई गोलमा परिणत गर्दै अन्तर ३–२ मा झारे पनि बाँकी समयमा थप गोल हुन सकेन।

यो जितसँगै इंग्ल्याण्डले सेमिफाइनल प्रवेशका लागि क्वाटरफाइनलमा नर्वेसँग प्रतिस्पर्धा गर्नेछ। नर्वेले पाँचपटकको विश्वविजेता ब्राजिललाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa