Premier Cables

विराटनगर

बन्द रानी-जोगबनी ढाट खोल्ने विषयमा गृहमन्त्रीले बोलेनन्

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असार २०, २०८३  | साँझ ६:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । गृहमन्त्री सुधन गुरुङले आज नेपाल–भारत सीमावर्ती क्षेत्र रानी–जोगबनीको स्थलगत अनुगमन गरेका छन्।

मोरङको विराटनगर आएका गृहमन्त्री गुरुङ सुरक्षा निकायका उच्च पदाधिकारीसहित सीमा क्षेत्रको वस्तुस्थिति बुझ्न रानी पुगेका हुन्।

विज्ञापन

अनुगमन टोलीमा मोरङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) युवराज कटेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवाल लगायत अन्य सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।

पछिल्लो समय रानी क्षेत्रमा रहेको ढाट (ब्यारियर) सुरक्षाकर्मीले बन्द गरेपछि सो क्षेत्रमा तनाव सिर्जना हुँदै आएको छ। ढाट बन्द गरिएको विरोधमा स्थानीय व्यापारीहरू आन्दोलित छन्। सोही विषयलाई लिएर दुई दिनअघि मात्रै आन्दोलनकारी व्यापारी र सुरक्षाकर्मीबीच तीव्र घम्साघम्सी समेत भएको थियो।

अनुगमनका क्रममा उपस्थित पत्रकारहरूले गृहमन्त्री गुरुङलाई विवादित ढाट कहिले खुल्छ भनी प्रश्न सोधेका थिए। तर, गृहमन्त्री गुरुङले यस विषयमा कुनै पनि प्रतिक्रिया नदिई मौनता साधेका छन्।

गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय मोरङको समेत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले कार्यालयको प्रशासनिक कामकाज र सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka