Premier Cables
Premier Steel

राजनीति

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार १६, २०८३  | बिहान १०:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले बुधबार शपथ लिने भएका छन्।

महामन्त्री विपिन आचार्यका अनुसार चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा आयोजना गरिनेछ।

बिज्ञापन

शपथग्रहणपछि केन्द्रीय समितिको पहिलो बैठक बस्ने तयारी गरिएको छ। बैठकमा मनोनीत पदाधिकारी तथा थप केन्द्रीय सदस्य चयनबारे छलफल हुने जनाइएको छ।

रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि १२ गतेसम्म भरतपुरमा सम्पन्न भएको थियो। महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका थिए। उनले महाधिवेशनस्थल भरतपुरमै यसअघि शपथ ग्रहण गरिसकेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa