Premier Cables
Premier Steel

राजनीति

डा. स्वर्णिम वाग्ले रास्वपा उपाध्यक्षमा निर्विरोध निर्वाचित

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार १२, २०८३  | बिहान १०:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।

पुरुषतर्फको उपसभापति पदका अर्का उम्मेदवार विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि वाग्ले सर्वसम्मत रूपमा चयन भएका हुन्। उम्मेदवारी फिर्ता लिएसँगै श्रेष्ठ स्वयं वाग्लेको प्रस्तावक बसेर पार्टीभित्र एकताको सन्देश दिएका छन्।

बिज्ञापन

यसअघि सभापति पदमा रवि लामिछाने पनि निर्विरोध निर्वाचित भइसकेका छन्।

रास्वपाको परिमार्जित विधानअनुसार पार्टीमा एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री रहने व्यवस्था छ।

निर्विरोध चयन भएका पदबाहेक अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको चयनका लागि भने निर्वाचन प्रक्रिया निर्धारित कार्यतालिका अनुसार अघि बढ्नेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa