Premier Cables
Premier Steel

कोशी प्रदेश

कोसीका मुख्यमन्त्रीको सन्देश : गणतन्त्रमाथिका प्रहार निस्तेज हुनेछन्

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ १५, २०८२  | बिहान ८:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । गणतन्त्र दिवसको अवसरमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शुभकामना सन्देश दिएका छन् ।‌

बिहीबार सन्देश दिँदै उनले गणतन्त्र ल्याउनका लागि आफ्नो प्राण आहुति गर्ने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

बिज्ञापन

नेपाली जनताको लामो समयदेखिको चाहना, त्याग, बलिदान र संघर्षले प्राप्त भएको संविधानसभा र त्यसले निर्माण गरेको उत्कृष्ट संविधानको जगमा गणतन्त्र दिवस मनाइरहेको उनले जनाएका छन् ।

‘संविधानसभाको पहिलो बैठक २०६५ साल जैष्ठ १५ गते घोषणा गरिएको गणतन्त्र नेपालीहरूको बलिदानबाट प्राप्त भएको प्रतिफल हो । नेपाली जनताको त्यागवाट प्राप्त संघीय लोकतान्व्रिक गणतन्त्रमा आज हामी देशलाई समुन्नति र समृद्धिको यात्रामा अगाडि बढ़ाइरहेका छौं’सन्देशमा छ ।

कोशी प्रदेश सरकार गणतन्त्रलाई संस्थागत गर्दै समुन्नत प्रदेश बनाउन क्रियाशील रहेको उनले जनाएका छन् । ‘गणतन्त्र दिवस मनाइरहँदा हामीले अंगीकार गरेको संविधान र संरचनामाथि केही तत्वहरुले प्रहार गर्ने कोसिस गरिरहेका छन्।

यी सबै कोसिसहरूलाई निस्तेज पारेरहामीले व्यवस्थालाई बलियो बनाउन पर्ने आजको आवश्यकता छ’ मुख्यमन्त्रीको सन्देशमा उल्लेख छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka