Premier Cables
Premier Steel

कोशी प्रदेश

दलका नेताको स्वीकारोक्ति : नेताका कमजोरी सुधार्नु पर्छ

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ १५, २०८२  | बिहान ७:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । तीन प्रमुख दलका नेताहरूले लोकतन्त्रपछि नै मुलुकमा विकासका ढोकाहरू खुला भएको बताएका छन् ।

बुधबार कोसी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विराटनगरमा आयोजना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि, अवसर, सम्भावना र चुनौती विषयक अन्तर्क्रिया कार्यक्रमका वक्ताले लोकतन्त्रमा प्रगति व्यापक भए पनि नेता र नेतृत्वको आचरण परिवर्तन नहुँदा प्रश्न उठ्ने गरेको बताए ।

बिज्ञापन

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लोकतन्त्र स्थापनापछि प्रशस्तै काम भएको बताउँदै भने, “राजस्व ०४८ सालको भन्दा ११७ गुणा वृद्धि भएको छ । खाद्यान्नको उत्पादन पनि उत्तिकै वृद्धि छ, व्यक्तिगत आय पनि बढेको छ तर असन्तुष्टि चुलिएको छ ।

यसको मूल कारण हाम्रो आचरण हो ।”
संविधान संशोधन गरेर मात्र नहुने भन्दै उनले नेतृत्वमा रहेका पात्र, प्रवृत्ति र आचरणमा नै समस्या रहेकोले सुधार गरेर गए निरासा हट्ने दाबी गरे ।

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले २०४८ सालमा नेपालीको औसत आयु ५४ वर्ष रहेको र अहिले ७२ वर्ष पुगेको उदाहरण दिँदै यस्ता खालको विकासलाई नजरअन्दाज गरिरहेको बताए ।

उनले भने, “सबै विकासलाई हेर्ने हो भने विश्वका अरु धेरै मुलुकभन्दा हामीले मानवीय विकासमा छिटो प्रगति गरेका छौँ ।”

रिजालले २०४८ सालयताका मानवीय विकासमा साक्षरता, सडक निर्माण, प्रतिव्यक्ति आयु, सुत्केरी महिलाको मृत्युदरमा गरिएका प्रगतिलाई नजरअन्दाज गर्न नमिल्ने बताए ।

उनले भने, “सहमतिका साथ अहिले अगाडि बढ्नुपर्ने बेलामा त्योअनुसार काम नभएपछि जनतामा निरासा बढेको हो ।” रिजालले दलहरूबीच सहमति र निरासा चिर्ने खालको कार्यगत सहमति हुनुपर्नेमा जोड दिए ।

नेकपा (माओवादी केन्द्र)का नेता हरिबोल गजुरेलले नैतिकता र इमान्दारिताको खाँचो रहेको उल्लेख गरे ।

सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  उल्लेख्य प्रगति गरेको तर यसलाई आम जनतामा बुझाउनुपर्ने बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ

संचालनमा नआउँदै विराटनगरके पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ संकटमा, ईक्रा रेटिङमा झन तल खस्कियो

Clock Iconसोमबार, जेठ ११, २०८३

बैंकका कर्मचारीलाई अतिरिक्त काम नलगाउन राष्ट्र बैंकको निर्देशन

Clock Iconआइतबार, जेठ १०, २०८३

विराटनगरका उधोगी नवीन रिजाल एफएनसीसीआई केन्द्रीय सदस्यमा मनोनित

Clock Iconशुक्रबार, जेठ ०८, २०८३

कोशी प्रदेशमा उच्च मूल्य कृषिजन्य वस्तुको उत्पादन र निर्यात प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया सम्पन्न

Clock Iconशुक्रबार, जेठ ०८, २०८३

साताको अन्तिम कारोबारमा नेप्से १६ अंकले बढ्यो, कारोबार रकम पनि उकालो

Clock Iconशुक्रबार, जेठ ०८, २०८३

सेयर बजारमा प्रतिसेयर नेटवर्थ के हो र किन महत्वपूर्ण हुन्छ?

Clock Iconशुक्रबार, जेठ ०८, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka