Premier Cables
Premier Steel

कोशी प्रदेश

दलका नेताको स्वीकारोक्ति : नेताका कमजोरी सुधार्नु पर्छ

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बिहिबार, जेठ १५, २०८२  | बिहान ७:५१ बजे

विराटनगर । तीन प्रमुख दलका नेताहरूले लोकतन्त्रपछि नै मुलुकमा विकासका ढोकाहरू खुला भएको बताएका छन् ।

बुधबार कोसी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विराटनगरमा आयोजना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि, अवसर, सम्भावना र चुनौती विषयक अन्तर्क्रिया कार्यक्रमका वक्ताले लोकतन्त्रमा प्रगति व्यापक भए पनि नेता र नेतृत्वको आचरण परिवर्तन नहुँदा प्रश्न उठ्ने गरेको बताए ।

बिज्ञापन

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लोकतन्त्र स्थापनापछि प्रशस्तै काम भएको बताउँदै भने, “राजस्व ०४८ सालको भन्दा ११७ गुणा वृद्धि भएको छ । खाद्यान्नको उत्पादन पनि उत्तिकै वृद्धि छ, व्यक्तिगत आय पनि बढेको छ तर असन्तुष्टि चुलिएको छ ।

यसको मूल कारण हाम्रो आचरण हो ।”
संविधान संशोधन गरेर मात्र नहुने भन्दै उनले नेतृत्वमा रहेका पात्र, प्रवृत्ति र आचरणमा नै समस्या रहेकोले सुधार गरेर गए निरासा हट्ने दाबी गरे ।

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले २०४८ सालमा नेपालीको औसत आयु ५४ वर्ष रहेको र अहिले ७२ वर्ष पुगेको उदाहरण दिँदै यस्ता खालको विकासलाई नजरअन्दाज गरिरहेको बताए ।

उनले भने, “सबै विकासलाई हेर्ने हो भने विश्वका अरु धेरै मुलुकभन्दा हामीले मानवीय विकासमा छिटो प्रगति गरेका छौँ ।”

रिजालले २०४८ सालयताका मानवीय विकासमा साक्षरता, सडक निर्माण, प्रतिव्यक्ति आयु, सुत्केरी महिलाको मृत्युदरमा गरिएका प्रगतिलाई नजरअन्दाज गर्न नमिल्ने बताए ।

उनले भने, “सहमतिका साथ अहिले अगाडि बढ्नुपर्ने बेलामा त्योअनुसार काम नभएपछि जनतामा निरासा बढेको हो ।” रिजालले दलहरूबीच सहमति र निरासा चिर्ने खालको कार्यगत सहमति हुनुपर्नेमा जोड दिए ।

नेकपा (माओवादी केन्द्र)का नेता हरिबोल गजुरेलले नैतिकता र इमान्दारिताको खाँचो रहेको उल्लेख गरे ।

सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  उल्लेख्य प्रगति गरेको तर यसलाई आम जनतामा बुझाउनुपर्ने बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka