Premier Cables
Premier Steel

मौसम

कोशीमा मनसुन सक्रिय, थप वर्षाको सम्भावना

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०८, २०८३  | बिहान ९:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशमा पछिल्ला केही दिनयता निरन्तर वर्षा भइरहेको छ। मनसुनी वायु सक्रिय भएपछि प्रदेशका तराई, पहाड र हिमाली जिल्लामा वर्षा भएको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशमा मनसुनको प्रभाव देखिए पनि देशका अन्य क्षेत्रमा भने यसको विस्तार पूर्ण रूपमा भइसकेको छैन। मधेस र बागमती प्रदेशको तराई क्षेत्रमा आंशिक बदली देखिएको छ भने लुम्बिनी र कर्णाली प्रदेशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

बिज्ञापन

हाल कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार सोमबार दिउँसो र राति देशका हिमाली तथा पहाडी क्षेत्रसँगै कोशी प्रदेशको तराई भू–भागमा सामान्यतया बदली रहनेछ। मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि थोरै स्थानमा वर्षा र हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। तराईतर्फ कोशी प्रदेशका केही स्थान र मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ।

यता पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहे पनि तराई क्षेत्रमा भने गर्मी बढ्ने देखिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो हावा ‘लु’ चल्न सक्ने सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि अत्यधिक गर्मी हुने महाशाखाको अनुमान छ

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa