Premier Cables
Premier Steel

मौसम

कोसी प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन ०७, २०८२  | बिहान ८:१८ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । आज देशका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली हुने र केही स्थानहरूमा वर्षा हुने मौसम पूर्वानुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।

बिज्ञापन

कोसी, मधेस, वाग्मती, गण्डकीलगायतका पहाडी क्षेत्रका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।

काठमाडौंको मौसम
मौसनविद् सरोज पुडासैनीका अनुसार काठमाडौं उपत्यकामा पनि आज दिउँसो १ देखि २ बजेको आसपास हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ। उनले भने, “आज दिउँसो काठमाडौंमा पानी पर्ने संकेत देखिएको छ।”

राति पनि आंशिक बदली
विभागका अनुसार रातको समयमा पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ, र थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा जारी रहन सक्छ।

हाल देशभर मनसुनी प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले वर्षाको सम्भावना देखिएको विभागले जनाएको छ।

मौसमविद् पुडासैनीका अनुसार अबको तीन दिनभित्र देशका अधिकांश भागमा भारी वर्षाको सम्भावना नरहे पनि स्थानीय रूपमा वर्षा हुन सक्नेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka