Premier Cables
Premier Steel

अर्थ

प्रतिनिधिसभामा आज मन्त्रीहरूले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ०३, २०८३  | बिहान १०:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज विभिन्न मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने भएका छन् ।

बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ तथा स्पष्टीकरण दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बिज्ञापन

आज युवा तथा खेलकुद, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ प्रस्तुत गरिनेछ ।

त्यस्तै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतका शीर्षकमाथि उठेका प्रश्नको जवाफ पनि सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत जेठ १५ गते आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट संसद्मा प्रस्तुत गरेका थिए । त्यसपछि विभिन्न मन्त्रालयका शीर्षकमाथि प्रतिनिधिसभामा छलफल भइरहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa