काठमाण्डौ । आजपनि सेयरबजार सामान्य अंकले आरोलो लागेको छ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.२३ प्रतिशत अर्थात ६.३१ अंकले घटेर २ हजार ७०५.४५ विन्दुमा सीमित बनेको छ।
यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३१ प्रतिशतले घटेर ४६४.६४ विन्दुमा झरेको छ।
आज नेप्सेमा सूचीकृत ३५५ वटा स्क्रिप्टको १ करोड ७ लाख ८ हजार ५९५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४ करोड ७८ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ४१ करोड बढीको सेयर कारोबार भएको थियो।
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटा समूहमध्ये दुईवटा समूह बाहेक अन्य सबैमा रातो पोतियो । आज व्यापार र म्युचुअल फण्ड समूह मात्रै बढे । यी समूहहरु क्रमशः०.३१ र ०.०५ प्रतिशतले बढे ।
यो दिन फाइनान्स समूह सर्वाधिक अर्थात ०.६० प्रतिशतले घट्यो । यस्तै विकास बैंक समूह ०.४१, बैंकिङ ०.३२, होटल ०.१६, हाईड्रो ०.२८, लगानी ०.२७, जीवन बीमा ०.२०, उत्पादन तथा प्रशोधन ०.१४, लघुवित्त ०.११, निर्जीवन बीमा ०.४० र अन्य ०.०६ प्रतिशतले घटे ।

