Premier Cables
Premier Steel

राजनीति

परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा, आजदेखि उच्चस्तरीय भेटघाट सुरु

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ ३१, २०८३  | बिहान ९:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक भ्रमणका लागि चीन पुगेका छन्। चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा गएराति बेइजिङतर्फ प्रस्थान गरेका मन्त्री खनाल आजदेखि विभिन्न औपचारिक कार्यक्रम तथा भेटघाटमा सहभागी हुनेछन्।

भ्रमणको पहिलो दिन उनले चीनस्थित नेपाली समुदायसँग अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ। त्यसपछि बेइजिङमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बिज्ञापन

भ्रमणका क्रममा मन्त्री खनालले चीन सरकारका उच्चस्तरीय पदाधिकारीहरूसँग शिष्टाचार भेटवार्ता पनि गर्नेछन्। ती भेटघाटमा नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने तथा आर्थिक, व्यापारिक, पूर्वाधार र विकासलगायत विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यस्तै, बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा समेत मन्त्री खनाल सहभागी हुने कार्यक्रम रहेको छ। भ्रमणले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध तथा सहयोगलाई थप मजबुत बनाउन योगदान पुग्ने विश्वास गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka