Premier Cables
Premier Steel

अर्थ

बेइमानी गरेको पुष्टि भए सार्वजनिक जीवन त्याग्छु: अर्थमन्त्री वाग्ले

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ २८, २०८३  | बिहान ११:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधनमा कर बढ्ने सूचना चुहाएको आरोपलाई चुनौती दिएका छन्। उनले भने, प्रमाणित भए उनी सार्वजनिक जीवनबाटै हट्न तयार छन्।

आज बिहानको सार्वजनिक लेखा समितिको बैठकमा यसबारे सूचना दिएको आरोपलाई उनले ‘ननसेन्स’ भन्दै खारेज गरे।

बिज्ञापन

उनले थपे, “यसमा प्रमाण ल्याएर आउनुहोस् भने म कठघरामा उभिन तयार छु। ‘अर्ब/खर्ब’ भन्दछन्, तर दुई अर्ब होइन। यदि मैले दुई रुपैयाँ पनि बदमासी गरेको भए, म केवल अर्थमन्त्री होइन, सांसद पनि होइन, म सार्वजनिक जीवन नै त्याग्न तयार छु। यही मेरो चुनौती हो।”

त्यसैगरी, उनले अन्य सांसदहरुलाई पनि यस्ता साहसी कदम उठाउन शुभकामना दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka