Premier Cables
Premier Steel

राजनीति

प्रतिनिधि सभा बैठक फेरि सर्यो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २७, २०८३  | अपराह्न १:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । निर्धारित समयमै सुरु हुन नसकेको प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको छ।

बुधबार बिहान ११ बजे बस्ने तय भएको बैठक दुई घण्टासम्म पनि सुरु हुन नसकेपछि समय परिवर्तन गरिएको हो।

बिज्ञापन

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै विशेष कारणवश बैठक निर्धारित समयमा बस्न नसकेको जनाएका छन्। सूचनाअनुसार प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम सभामुखले बैठक आजै दिउँसो २ बजे बस्ने गरी निर्धारण गरेका हुन्।

सूचनामा भनिएको छ, “बुधबार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले सम्माननीय सभामुखले बैठक आजै दिनको २ बजे बस्ने गरी निर्धारण गर्नुभएको छ।”

कानुनी व्यवस्थाअनुसार निर्धारित समयभन्दा दुई घण्टा ढिलो भएमा प्रतिनिधिसभाको बैठक स्वतः स्थगित हुने व्यवस्था छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka