Premier Cables
Premier Steel

राजनीति

क्रियाशील सदस्यता अद्यावधिकको अन्तिम म्याद नथप्ने कांग्रेसको निर्णय

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ २६, २०८३  | बिहान १०:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि तोकिएको समयसीमा जेठ २८ गतेसम्मलाई नै अन्तिम म्याद कायम गर्ने निर्णय गरेको छ। पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले थप समय नथप्ने स्पष्ट गर्दै सबै क्रियाशील सदस्यलाई अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्न आग्रह गरेको हो।

महामन्त्री एवं समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा तथा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरेलगायत पदाधिकारी र केन्द्रीय सदस्यहरूको उपस्थितिमा बसेको बैठकले आगामी १५औँ महाधिवेशनलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने निर्णयसमेत गरेको छ।

बिज्ञापन

कांग्रेसका अनुसार जेठ २५ गते साँझ ५ बजेसम्म अद्यावधिक गर्न योग्य ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये ४ लाख १७ हजार ७५३ जनाले एनसीआईडी (NCID) प्राप्त गरिसकेका छन् भने ९८ हजार १४३ जनाले स्वयं अद्यावधिक फारम पेश गरिसकेका छन्।

बैठकले अद्यावधिक गरिएका सदस्यलाई विशिष्ट पहिचान नम्बर (NCID) प्रदान गरिने र महाधिवेशनमा सहभागी हुन यही नम्बर प्रमुख आधार हुने जनाएको छ। यसैगरी प्राविधिक समस्या समाधानका लागि पार्टीको डिजिटल प्रणालीमार्फत सहजीकरण गर्ने व्यवस्था मिलाइएको पनि निर्णयमा उल्लेख छ।

कांग्रेसले अनुशासन समितिबाट कारबाहीमा परेका, पार्टी परित्याग गरी अन्य दलमा प्रवेश गरेका तथा आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका वा अन्य दलका उम्मेदवारको प्रस्तावक, समर्थक र प्रचारक बनेका व्यक्तिहरूको सदस्यता प्राप्त प्रमाणका आधारमा केन्द्रीय अभिलेखबाट हटाइने जनाएको छ।

बैठकले केन्द्रीयदेखि वडा तहसम्मका सबै पदाधिकारी, जनप्रतिनिधि तथा क्रियाशील सदस्यलाई जेठ २७ गतेभित्र अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्न निर्देशन दिएको छ। हिमाली तथा उच्च पहाडी जिल्लामा प्राविधिक कठिनाइका कारण अनलाइन प्रक्रिया प्रभावित भएमा सम्बन्धित जिल्लाको सिफारिसका आधारमा अद्यावधिक गरिने व्यवस्था यथावत् रहने पनि निर्णय गरिएको छ।

त्यसैगरी, नयाँ क्रियाशील सदस्यता वितरणलाई विधानअनुसार निरन्तरता दिने निर्णय गर्दै योग्य नेपाली नागरिकलाई आधिकारिक अनलाइन प्रणालीमार्फत सदस्यता उपलब्ध गराउन पार्टीका सबै तहलाई निर्देशन दिइएको छ। नयाँ सदस्यताको स्वीकृति वडा तहको सिफारिस हुँदै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिबाट गरिने व्यवस्था कायम रहने कांग्रेसले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka