Premier Cables
Premier Steel

समाचार

ट्राफिक नियम उल्लङ्घन गरेपछि हर्क साम्पाङ कारबाहीमा

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ २६, २०८३  | बिहान ९:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीले सवारी चलाउँदा अपनाउनुपर्ने न्यूनतम सतर्कता समेत नअपनाई लापरबाहीपूर्ण ढंगले मोटरसाइकल चलाएको भन्दै साम्पाङलाई कारबाहीको दायरामा ल्याएको जनाएको छ।

बिज्ञापन

साम्पाङ मोटरसाइकल चलाइरहेको क्रममा खिचिएको एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले चर्चा पाएको थियो। भिडियोमा उनले ट्राफिक सुरक्षासम्बन्धी नियमको पालना नगरेको देखिएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो।

सोही भिडियोको आधारमा ट्राफिक प्रहरीले अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

ट्राफिक प्रहरीले सबै सवारी चालकलाई नियमको पालना गर्न आग्रह गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिहरू पनि कानुनभन्दा माथि नरहेको स्पष्ट पारेको छ।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa