Premier Cables
Premier Steel

समाचार

रास्वपा मोरङ अधिवेशन आज : अध्यक्षमा तीन जना प्रतिस्पर्धी, अरु पदमा कति ?

Hamro Biratnagar News Channel Calendar शनिबार, जेठ २३, २०८३  | बिहान ९:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको पहिलो जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा नेतृत्व चयनलाई लिएर चुनावी माहोल तातेको छ। पार्टीले प्यानलगत प्रतिस्पर्धामा रोक लगाए पनि नेतृत्वका आकांक्षीहरूबीचको आन्तरिक ध्रुवीकरण भने स्पष्ट देखिएको छ।

शनिबार विराटनगरमा हुने अधिवेशनमा जिल्ला सभापति पदका लागि सागर फुयाँल, भरत कँडेल र कोषराज खनालले दाबी प्रस्तुत गरेका छन्। तीनै जना मतदातासँग सक्रिय रूपमा भेटघाट र प्रचारमा जुटेका छन्।

बिज्ञापन

सभापतिका आकांक्षी सागर फुयाँललाई काठमाडौं महानगरका प्रमुख बालेन शाह निकट नेताका रूपमा हेरिन्छ। शैक्षिक क्षेत्रमा सक्रिय फुयाँल देवकोटा कलेज र होलिल्यान्ड कलेजका पूर्व प्रिन्सिपल हुन् भने हाल विराटनगरमा न्यु बिट कम्प्युटर इन्स्टिच्युट सञ्चालन गर्दै आएका छन्।

अर्का दाबेदार भरत कँडेल रास्वपा मोरङका संस्थापक सभापति हुन्। डेढ वर्षअघि सम्पन्न भेलाबाट निर्वाचित कँडेल यसअघि शिक्षण पेशामा आबद्ध थिए। उनी हाल काउन्सिलिङ क्षेत्रमा समेत सक्रिय छन्।

यस्तै, सभापति पदका अर्का आकांक्षी कोषराज खनाल वैदेशिक रोजगारीबाट फर्किएपछि रास्वपाको स्थापनाकालदेखि नै पार्टी गतिविधिमा सक्रिय रहँदै आएका छन्।

उपसभापति पदमा भने हालसम्म विमला बस्नेत एक्लो आकांक्षीका रूपमा देखिएकी छन्।

सचिव पदका लागि दिवस नेपाल, इन्जिनियर सुरेश कुमार श्रेष्ठ र कुमार फुयाँलबीच प्रतिस्पर्धा हुने सम्भावना छ। दिवस नेपाल यसअघि नेपाली कांग्रेसमा सक्रिय थिए भने ‘जेन्जी’ आन्दोलनपछि रास्वपामा आबद्ध भएका हुन्। उनी मोरङ तेक्वान्दो संघका अध्यक्षसमेत हुन्।

सहसचिव पदमा सिर्जना गिरी आचार्य र सन्तोष कुमार सिंह चुनावी मैदानमा छन्। गिरी यसअघि पनि सहसचिवमा निर्वाचित भइसकेकी छन्। पार्टी विधानअनुसार कोषाध्यक्ष भने निर्वाचित कार्यसमितिले चयन गर्ने व्यवस्था छ।

पार्टी स्रोतका अनुसार अधिवेशनमा पुरानो रास्वपा समूह र बालेन शाह निकट मानिने समूहबीच नेतृत्वका लागि प्रतिस्पर्धा देखिएको छ। सार्वजनिक रूपमा साझा उम्मेदवारको दाबी गरिए पनि आन्तरिक रूपमा दुई धार स्पष्ट देखिएको स्रोतको भनाइ छ।

गुटबन्दी नियन्त्रण गर्न प्यानलगत प्रतिस्पर्धामा रोक लगाइएको भए पनि आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेतृत्व कब्जाको प्रयास सुरु भएको नेताहरू बताउँछन्।

यसअघि मोरङका १३ स्थानीय तहमध्ये १२ वटामा निर्वाचनमार्फत नेतृत्व चयन भइसकेको छ। अब पहिलो जिल्ला अधिवेशनले जिल्लास्तरीय नेतृत्वसँगै क्षेत्रीय सभापतिहरूको समेत टुंगो लगाउनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka