Premier Cables

समाचार

भाण्टाबारीमा सीटी सफारीसँग बाईक ठोक्किँदा प्रहरी जवानको मृत्यु, सिटी चालक फरार

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, जेठ २३, २०८३  | बिहान ९:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीमा शुक्रबार राति सीटी सफारी र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ।

मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–२ निवासी ३२ वर्षीय प्रहरी जवान रन्दिप पौडेल रहेका छन्। उनी संखुवासभास्थित प्रहरी चौकी चेपुवा लिंगम दरबन्दी भए पनि हाल सुनसरीको प्रहरी चौकी कोशी ब्यारेजमा कार्यरत थिए।

विज्ञापन

सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार शुक्रबार राति करिब १० बजे कार्यालयको कामका सिलसिलामा कोशी ब्यारेजबाट जिल्ला प्रहरी कार्यालय सुनसरीतर्फ मोटरसाइकलमा जाँदै गरेका पौडेल दुर्घटनामा परेका हुन्।

प्रहरीका अनुसार पौडेलले चलाएको स ११ प २५०० नम्बरको मोटरसाइकल र प्र १–०२–००३ ह १०५२ नम्बरको सीटी सफारी एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई तत्काल उद्धार गरी उपचारका लागि सप्तकोशी न्यूरो अस्पताल, भोक्राहा लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले राति करिब १०ः२० बजे उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनापछि सीटी सफारी चालक कोशी गाउँपालिका–८ निवासी ४४ वर्षीय पुने खान भनिने रजाक मियाँ फरार रहेका छन्। उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट प्रहरी नायब निरीक्षक (सई) सुरेश यादवको नेतृत्वमा खटिएको टोलीले दुर्घटनामा संलग्न दुवै सवारी साधन नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट मोटरसाइकल चालक पौडेलले सडकमा पर्याप्त ध्यान नदिई तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka