Premier Cables
Premier Steel

अपराध

टिकटकर तुलसा अधिकारी जेल चलान

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ २१, २०८३  | साँझ ४:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । टिकटकर तुलसा अधिकारीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उक्त आदेश जारी गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी होबिन्द्र बोगटीका अनुसार अधिकारीलाई नख्खु कारागार पठाइनेछ।

बिज्ञापन

कुमार चिमोरियाको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको यस मुद्दामा तुलसा अधिकारी, अशोककुमार अग्रवालसहित १० जना प्रतिवादी छन्। उनीहरूमाथि आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ।

चिमोरियाले २०८२ साउन २४ गते ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपसहित जाहेरी दिएका थिए। साथै, अधिकारीको करिब २१ करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको भन्दै उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दासमेत चलाइएको छ।

२०८२ भदौदेखि फरार रहेकी अधिकारी चीन हुँदै थाइल्याण्ड पुगेकी थिइन्। उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा गत शुक्रबार पक्राउ गरी नेपाल ल्याइएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka