Premier Cables

राजनीति

अप्ठ्यारो अवस्थामा पार्टी नछाड्ने ओलीको घोषणा, ‘संघर्षको नेतृत्व गर्न अध्यक्ष बनेको हुँ’

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २०, २०८३  | अपराह्न २:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी चुनौतीपूर्ण अवस्थामा रहेकाले तत्काल नेतृत्व नछाड्ने स्पष्ट पारेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले आफूलाई अनुकूल परिस्थितिमा मात्र होइन, अप्ठ्यारो अवस्थासमेत सामना गर्दै पार्टीको नेतृत्व गर्न अध्यक्षका रूपमा चयन गरिएको बताए।

विज्ञापन

उनले सहज अवस्था आएपछि सत्ता सञ्चालन गर्ने र कठिन परिस्थिति आउँदा जिम्मेवारीबाट पन्छिने सोच आफूमा नरहेको उल्लेख गर्दै जस्तोसुकै चुनौती आए पनि संघर्षको नेतृत्व गर्ने दायित्व अध्यक्षको हुने बताए।

ओलीले पार्टी कार्यकर्तालाई आफूले बीचमै नेतृत्व छाड्ने वा पार्टीलाई अलपत्र पारेर हिँड्ने आशंका नराख्न आग्रह गरे। पार्टीलाई सफलताको दिशामा अघि बढाएर मात्र पार्टीको विधान, विधि र प्रक्रियाअनुसार विश्राम लिने अवस्था आउने उनको भनाइ थियो।

उनले पार्टी, आन्दोलन र देशलाई वर्तमान चुनौतीबाट पार लगाउने आफ्नो संकल्प दृढ रहेको पनि बताए।

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता सम्बन्धी विषयमा पनि ओलीले स्पष्टिकरण दिएका छन्। राष्ट्रपति पदमा रहँदा भण्डारी एमालेको सक्रिय सदस्य नरहेकाले त्यस अवधिको सदस्यता नवीकरणको प्रश्न नउठ्ने उनले बताए।

ओलीका अनुसार भण्डारीले हालै सदस्यताका लागि आवेदन दिएपछि सम्बन्धित कमिटीले सदस्यता प्रदान गरेको हो। यस विषयमा अनावश्यक भ्रम फैलाउन नहुने उनको भनाइ थियो।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka