Premier Cables
Premier Steel

मौसम

तराईमा गर्मी दिन, पहाड र हिमालका केही क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २०, २०८३  | बिहान ७:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । देशका विभिन्न भूभागमा आज मौसम आंशिक बदली रहने र केही स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

विभागले हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

बिज्ञापन

मधेस, कोसी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा भने आज तातो दिन रहने सम्भावना रहेको विभागले जनाएको छ।

रातिको समयमा हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

कोसी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ।

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावका कारण मौसममा यस्तो अवस्था देखिएको विभागले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka