विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा सेरेब्रल पाल्सी डे–केयर सेन्टरमा एकदिने विशेष कथावाचन (स्टोरी टेलिङ) कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा कथावाचक तनुष्का राठीले बालबालिकाहरूसँग अन्तरक्रियात्मक शैलीमा विभिन्न प्रेरणादायी र मनोरञ्जनात्मक कथाहरू प्रस्तुत गरेकी थिइन्। कार्यक्रमले बालबालिकाहरूको कल्पनाशक्ति, अभिव्यक्ति क्षमता तथा आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुर्याएको केन्द्रले जनाएको छ।
यस अवसरमा तनुष्का राठीले केन्द्रमा रहेका बालबालिकाहरूका लागि एक महिनाको खाद्यान्न सहयोग समेत प्रदान गर्ने घोषणा गरेकी छन्। उनको यस सहयोगले केन्द्र सञ्चालन तथा बालबालिकाहरूको पोषण व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
रोटरी क्लब अफ विराटनगर डाउनटाउनले तनुष्का राठीप्रति हार्दिक आभार व्यक्त गर्दै यस्ता सिर्जनात्मक तथा मानवीय कार्यक्रमहरूले विशेष आवश्यकता भएका बालबालिकाहरूको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने जनाएको छ।
कार्यक्रममा क्लबका पदाधिकारी, सदस्यहरू, केन्द्रका कर्मचारी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।
