Premier Cables

अपराध

दमकमा बोराभित्र फेला परेको शवको पहिचान खुल्यो, हराएकी रमाको हत्या भएको आशंका

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ १८, २०८३  | बिहान ९:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । झापाको दमक नगरपालिका–१० स्थित सेतुमाडी क्षेत्रमा रतुवा खोलाको किनारमा बोराभित्र फेला परेको शवको पहिचान खुलेको छ। प्रहरीका अनुसार शव दमक नगरपालिका–८ बसन्तटोल निवासी २१ वर्षीया रमा तिवारीको हो।

शनिबार बिहान करिब ११ बजे रतुवा खोलाको पुलमुनि सेतो प्लास्टिकको बोरामा पोको पारिएको अवस्थामा शव फेला परेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा अन्यत्र हत्या गरी शव पुलमाथिबाट खोलामा फालिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ।

विज्ञापन

प्रहरीका अनुसार रमा गत जेठ १३ गते राति करिब ९ः३० बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्। परिवारले उनको खोजी गरिरहेको अवस्थामा शनिबार शव फेला परेको हो।

मृतकका बुवा नारायण तिवारी र आमा मुना तिवारीले शवको सनाखत गर्दै आफ्नै छोरी भएको पुष्टि गरेका छन्।

झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले घटनाबारे गम्भीर रूपमा अनुसन्धान भइरहेको जानकारी दिए। प्रहरीले घटनासँग सम्बन्धित विभिन्न पक्ष र सम्भावित कारणबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka