Premier Cables
Premier Steel

राजनीति

संशोधनमाथि विवाद चर्किएपछि प्रतिनिधिसभा बैठक स्थगित, विपक्षीद्वारा वेल घेराउ

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ १७, २०८३  | राती ८:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रतिनिधिसभा नियमावलीको मस्यौदामा दर्ता भएका संशोधन प्रस्तावहरू विषयगत समितिमा पठाइनुपर्ने मागलाई सभामुखले अस्वीकार गरेपछि प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ।

बैठकमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले संशोधन प्रस्तावहरू थप छलफलका लागि संसदीय समितिमा पठाउनुपर्ने धारणा राखेकी थिइन्। अन्य विपक्षी दलका सांसदहरूले पनि उक्त मागमा समर्थन जनाएका थिए।

बिज्ञापन

तर सभामुख डोलप्रसाद अर्यालले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दै संशोधनहरूमाथि ‘हुन्छ’ र ‘हुन्न’ प्रक्रियामार्फत अगाडि बढाएका थिए। त्यसको विरोधमा विपक्षी सांसदहरूले संसद्को वेल घेराउ गर्दै नाराबाजी गरेका थिए।

विपक्षी सांसदहरूले प्रक्रियाविपरीत रूपमा सदन सञ्चालन गरिएको आरोप लगाउँदै बैठक सञ्चालन नगर्न माग गरेका थिए। विरोधका क्रममा एक सांसद सभामुखको आसनतर्फ अघि बढ्न खोजे पनि मर्यादापालकहरूले उनलाई रोकेका थिए।

सांसदहरूको अवरोध र नाराबाजीका कारण प्रतिनिधिसभा बैठक अन्ततः स्थगित गरिएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

भ्याट बिललाई लट्री टिकट बनाउने सरकारको योजना, दैनिक लखपति बनाइने

Clock Iconआइतबार, जेठ १७, २०८३

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३

सुनमा भन्सार बढ्दा मूल्य तोलामा १५ हजारसम्म महँगिने

Clock Iconशुक्रबार, जेठ १५, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka