Premier Cables

अर्थ

सुनमा भन्सार बढ्दा मूल्य तोलामा १५ हजारसम्म महँगिने

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १५, २०८३  | राती १०:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सरकारले सुन आयातमा लाग्ने भन्सार महसुल वृद्धि गरेपछि नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा बढ्ने भएको छ।

नयाँ व्यवस्थाअनुसार सुनमा लाग्दै आएको १० प्रतिशत भन्सार महसुललाई बढाएर २० प्रतिशत पुर्‍याइएको छ, जसका कारण बजारमा प्रतितोला करिब १५ हजार रुपैयाँसम्म मूल्य वृद्धि हुने अनुमान गरिएको छ।

विज्ञापन

सरकारले भारतको कर संरचनासँग तालमेल मिलाउने उद्देश्यले भन्सार दर बढाएको जनाएको छ। भारतले हाल सुन आयातमा १५ प्रतिशत भन्सार महसुल लागू गरेको छ भने खरिदमा ३ प्रतिशत जीएसटी पनि लिने व्यवस्था रहेको छ। त्यसैको प्रभावलाई ध्यानमा राख्दै नेपालले पनि भन्सार दर समायोजन गरेको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भने सुनमा लाग्दै आएको २ प्रतिशत विलासिता कर हटाउने निर्णय गरेका छन्। यो कर गत वर्ष तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अवैध कारोबार नियन्त्रण गर्ने उद्देश्यले लागू गरेका थिए। तर सुनचाँदी व्यवसायीहरूले त्यसको विरोध गर्दै आएका थिए।

यसैबीच भारतले हिरा उद्योगलाई भने विशेष सहुलियत दिएको छ। कच्चा हिरा आयात गरेर प्रशोधन तथा निर्यात गर्ने उद्योगलाई निश्चित सीमा भित्र सहुलियतपूर्ण भन्सार सुविधा उपलब्ध गराइएको जनाइएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka