Premier Cables

अर्थ

जनकपुरलाई विवाह गन्तव्य बनाइने, चतरालाई प्रादेशिक पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १५, २०८३  | साँझ ५:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सरकारले जनकपुरलाई विवाह गन्तव्यका रूपमा विकास गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्ले ले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै पर्यटन प्रवर्द्धनका लागि विभिन्न नयाँ कार्यक्रम अघि सारिएको जानकारी दिएका हुन् ।

विज्ञापन

बजेटमार्फत सरकारले हिल स्टेशन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । साथै जनकपुर र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गरिने पनि जनाइएको छ ।

यस्तै, चतरालाई प्रादेशिक पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने भएको छ । उच्च पहाडी पर्यापर्यटन प्रवर्द्धनका लागि डाँफे रुट विकास गरिने अर्थमन्त्री वाग्लेले बताए ।

सरकारले तीनजुरे क्षेत्रमा पदमार्ग निर्माण गर्ने योजना पनि अघि सारेको छ । पर्यटन क्षेत्रको पूर्वाधार विकास र आन्तरिक तथा बाह्य पर्यटक आकर्षण बढाउने लक्ष्यसहित कार्यक्रम ल्याइएको सरकारले जनाएको छ । पर्यटन क्षेत्रका लागि सात अर्ब बजेट विनियोजन गरिएको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka