Premier Cables
Premier Steel

अर्थ

खानेपानी क्षेत्रमा बजेट: तराई-मधेशमा डिप बोरिङदेखि पानी परीक्षणसम्म

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १५, २०८३  | साँझ ५:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत खानेपानी तथा सरसफाइ क्षेत्रमा विभिन्न नयाँ कार्यक्रम अघि सारेको छ ।

अर्थमन्त्री स्वर्णीम वाग्ले ले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै तराई–मधेश केन्द्रित खानेपानी आयोजना, पानी परीक्षण तथा फोहोर पानी प्रशोधन कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताएका हुन् ।

बिज्ञापन

बजेटअनुसार तराई–मधेश क्षेत्रमा डिप बोरिङ कार्यक्रम सञ्चालन गरिनेछ । त्यस्तै, सोही क्षेत्रमा रहेका २८० खानेपानी आयोजना सम्पन्न गर्ने लक्ष्य सरकारले लिएको छ ।

सरकारले दमक, धरान र इटहरीमा खानेपानी परियोजना सञ्चालन गर्ने घोषणा पनि गरेको छ ।

यस्तै, देशभर पानीको गुणस्तर परीक्षण गर्न राष्ट्रव्यापी पानी परीक्षण योजना सञ्चालन गरिने बजेटमा उल्लेख छ । फोहोर पानी व्यवस्थापनलाई प्रभावकारी बनाउन फोहोर पानी प्रशोधन योजना पनि कार्यान्वयनमा ल्याइने सरकारको घोषणा छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka