Premier Cables
Premier Steel

राष्ट्रिय

प्रधानमन्त्री बालेन शाहद्वारा ईयू राष्ट्रका राजदूतसँग सामूहिक छलफल

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ १२, २०८३  | अपराह्न २:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले युरोपेली संघ (ईयू) मा आबद्ध विभिन्न देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक छलफल गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार मंगलबार बिहान काठमाडौं र नयाँ दिल्लीस्थित ईयू आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग भेटवार्ता गरिएको हो।

बिज्ञापन

छलफलका क्रममा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषय तथा आपसी सहकार्यका विविध क्षेत्रबारे विचार आदानप्रदान भएको सचिवालयले जनाएको छ।

यसअघि गत चैत २५ गते पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटघाट तथा संवाद गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa