नोट: यो समाचार १ महिना अघिको हो
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा वृद्धि देखिएको छ । बजार मापक नेप्से परिसूचक १६.३८ अंकले बढ्दै २७५८.४९ विन्दुमा पुगेको छ ।
कारोबारका क्रममा २०२ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ कम्पनीको घटेको छ । त्यस्तै ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
यस दिन कारोबार रकम पनि बढेको छ । कुल चार अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । १ करोड ८ लाख ८८ हजार ७३९ कित्ता सेयर ५४ हजार ४९७ पटक कारोबार भएको हो । अघिल्लो कारोबार दिनमा भने ३ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
उच्च कारोबार गर्ने कम्पनीहरूमा क्रेष्ट माइक्रो फाइनान्स, माबिलुङ इनर्जी, बुंगल हाइड्रो, आँखु खोला जलविद्युत् र सुपर खुँदी हाइड्रो रहेका छन् ।
समूहगत सूचकमा ट्रेडिङ समूहबाहेक सबै समूहमा वृद्धि देखिएको छ ।



