विराटनगर । नेपाल कम्युनिष्ट पार्टी(एमाले) को केन्द्रीय सचिवालय बैठक अध्यक्ष केपी ओली निवास भक्तपुरको गुण्डुमा आज(शुक्रबार) बसिरहेको छ ।
बैठकले नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने तयारी गरेको छ । सोमबार बसेको बैठकमा अध्यक्ष ओलीले प्रस्ताव गरेको जिम्मेवारी बाँडफाँटमाथि आवश्यक छलफल गरी अन्तिम निर्णय गरिने बताइएको छ ।
प्रस्तावअनुसार सचिव भानुभक्त ढकाललाई संगठन विभाग, केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कुल विभाग, विशाल भट्टराईलाई जनसंगठन तथा डा। सूर्य पाठकलाई प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी दिने तयारी गरिएको छ । त्यस्तै उपाध्यक्ष तथा उपमहासचिवहरूलाई विभिन्न विभागको समन्वय र अनुगमनको जिम्मेवारी प्रस्ताव गरिएको छ ।
एमालेले अधिकांश केन्द्रीय सदस्यलाई ‘मिसन स्थानीय चुनाव’ केन्द्रित जिम्मेवारी दिने तयारी समेत गरेको छ । निर्णयलाई अन्तरपार्टी निर्देशन ९अपानि० मार्फत सम्बन्धित नेताहरूलाई पठाइने जनाइएको छ ।
गत मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा सम्पन्न ११औँ महाधिवेशनपछि एमालेले अस्थायी कार्यविभाजन गरेको थियो । त्यसपछि फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी तोकिएको थियो ।
यसैबीच, आजको बैठकमा पार्टी पुनर्गठन र नेतृत्वको भूमिकाबारे समेत गम्भीर छलफल हुने नेताहरूले बताएका छन् । सोमबारको बैठकले पूर्वराष्ट्रपति द्यष्मथब म्भखष् द्यजबलमबचष् को सदस्यता खुला गर्ने निर्णय गरेको थियो ।
बैठकमा अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरणका लागि मार्ग प्रशस्त गर्नुपर्ने विषय समेत उठ्न सक्ने एक पदाधिकारीले बताएका छन् । उनका अनुसार पार्टी र आन्दोलनलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा खुला छलफल हुने अपेक्षा गरिएको छ ।
