Premier Cables

राजनीति

एमालेसँग अर्थपूर्ण एकताको पक्षमा प्रचण्ड, वाम ध्रुवीकरण आवश्यक रहेको धारणा

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ ०३, २०८३  | साँझ ५:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्लेपकमल दाहालले नेकपा एमालेसँग अर्थपूर्ण र परिणाममुखी एकताको सम्भावना रहेको बताएका छन्।

कर्णाली प्रदेशमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार पछिल्लो निर्वाचनपछि वामपन्थी आन्दोलनले धक्का बेहोरेको र त्यसकै कारण एकताको आवश्यकता महसुस गरिएको हो।

विज्ञापन

दाहालले वामपन्थी दल तथा नेताहरूसँग औपचारिक र अनौपचारिक छलफल भइरहेको जानकारी दिए। यद्यपि, तत्काल एउटै पार्टी बनाउने अवस्था भने नरहेको उनले स्पष्ट पारे।

उनले सहकार्य, समझदारी र आपसी विश्वास बढाउँदै अन्ततः वाम शक्तिहरू ध्रुवीकृत हुनुपर्ने धारणा व्यक्त गरे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka