Premier Cables

राष्ट्रिय

प्रचण्डको चित्त दुखाईः म अरु शीर्ष नेता जस्तो हैन, फरक छु !

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज २४, २०८२  | अपराह्न २:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख तीन राजनीतिक दल र तिनका शीर्ष नेताहरूलाई एउटै हुन भन्दा चित्त दुखेको बताएका छन् ।

सबैलाई डालोमा राखेर मूल्याङ्कन गरिएको भन्दै उनले चित्त दुखाएका हुन । उनले आफू एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाभन्दा फरक भएको दाबी गरेका छन् ।

विज्ञापन

सुशासनका लागि लड्ने माओवादी र भ्रष्टाचारलाई संरक्षण गर्ने अर्को पक्षलाई उस्तै देखाइनु दुर्भाग्यपूर्ण भएको उनको तर्क थियो ।

ललितपुरमा शुक्रबार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै प्रचण्डले आफू र आफ्नो पार्टीले गरेका गल्ती स्वीकारेर आत्मालोचना गर्दा पनि सबैलाई एउटै नजरले हेर्ने प्रवृत्तिले आफूलाई चोट पुगेको बताए ।

‘एउटा भाष्य बनेको देख्दा हामीलाई चित्त त दुखिराखेकै छ,’ प्रचण्डले भने, ’तीन पार्टी, तीन नेता उस्तै हुन् भन्ने बनाइएको छ । तर सुशासनको निम्ति सरकारमा हुँदा अभियान चलाएर बिचौलिया र दलालको सेटिङ भत्काउन खोज्ने पनि उस्तैरु अनि तिनैलाई बचाउन संविधान मिचेर सरकार बनाउने पनि उस्तै रु’

उनले आफ्नो पार्टीले कमीकमजोरी भएको स्वीकार गर्दै केन्द्रीय समितिबाट आत्मालोचनाको दस्ताबेज नै पारित गरेर जनतासँग माफी माग्ने अभियान चलाएको स्मरण गराए।

उनले प्रश्न गरे, ‘कमीकमजोरी भयो, गल्ती भयो भनेर आत्मालोचना गर्ने र माफी माग्ने पनि उस्तैरु अनि भ्रष्टाचारीलाई बचाउने र राम्रो काम गर्नेलाई नसियत दिने पनि उस्तै रु’

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka