Premier Cables

राजनीति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग कुनै सहकार्यको छलफल भएको छैन : प्रचण्ड

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र १२, २०८२  | अपराह्न १२:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग राजनीतिक सहकार्यबारे कुनै संवाद वा छलफल नभएको स्पष्ट पारेका छन्।

बिहीबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “विद्याजीसँग मेरो हालसम्म कुनै सम्पर्क छैन, कुनै छलफल भएको पनि होइन।”

विज्ञापन

सञ्चारकर्मीहरूले विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा सम्भावित पुनरागमन र त्यसमा प्रचण्डको समर्थनबारे प्रश्न उठाएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

प्रचण्डले पूर्वउपराष्ट्रपतिलाई पार्टीको सक्रिय राजनीतिमा ल्याएर आफूले भण्डारीका लागि ढोका खुला गरेको दाबी समेत गरे। “पहिला उपराष्ट्रपतिजीलाई सक्रिय राजनीतिमा ल्याइएपछि त्यसले प्रत्यक्ष वा परोक्ष रूपमा विद्याजीलाई ढोका खोलेको हो,” उनले भने।

उनका अनुसार, अन्तर्राष्ट्रिय अभ्यासमा राष्ट्रपतिको जिम्मेवारी सम्हालेका व्यक्ति फेरि प्रधानमन्त्री वा मेयर बन्ने उदाहरणहरू प्रशस्तै छन्।

“हाम्रो संविधान, ऐन वा कानुनले राष्ट्रपतिलाई राजनीतिमा फर्किन रोक्दैन,” उनले थपे, “कुनै पनि पार्टी राजनीतिमा नआउनु भनेर संविधानले भनेको छैन। त्यसैले यो बहस निराधार छ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka